IME Life New

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतमा बन्द प्रत्यक्षीकरण र अत्यावश्यकबाहेका सम्पूर्ण सेवा ठप्प रहने भएको छ।

सर्वोच्चले आज एक सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो। ‘बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाहका हकमा यस अदालतवाट नियमित रुपमा सेवा प्रवाह गर्नेसम्बन्धी सूचना जारी भएपछि मात्र उल्लिखित म्यादभित्र सम्पर्कमा आउन मुद्दाको पक्षलगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ, ‘यसका साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यहोरासमेत आज बसेको पूर्ण बैठकको निर्णयानुसार जानकारीका लागि अनुरोध छ।’

Esewa
Crest

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट भएको थियो। जसका कारण अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणालीसमेत क्षतिग्रस्त भएको छ। ‘हाल अदालतको नियमित कामकारबाहीहरु अवरुद्ध भएको अवस्था छ’, सूचनामा भनिएको छ, ‘यस विषम परिस्थितिमा नागरिक अधिकार संरक्षणका लागि आज भदौ २९ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ प्रारम्भ भएको छ।’

अब अदालत नियमित रुपमा सञचालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने सूचनामा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS