IME Life New

जेनजी आन्दोलनः आगजनी र तोडफोडमा ज्यान गुमाउनेको संख्या थपिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा प्रहरीको गोलीभन्दा आगजनी र तोडफोडमा ज्यान गुमाउनेको संख्या धेरै देखिएको छ।

दुई दिनको यो जेनजी आन्दोलनमा ठूलो मानवीय र भौतिक संरचनामा क्षति पुगेको छ। मृतकको संख्या बढिरहेका छन् भने अझै करिब डेढ सयजना घाइतेको विभिन्न अस्पतालमा भइरहेको छ।

Esewa
Crest

मुख्यसचिव एकनारायण अर्यालका अनुसार देशभर भएको जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले मृतकलाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई जनही १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाउनेमा जेनजी प्रदर्शनकारीसँगै सुरक्षाकर्मी र अन्य सर्वसाधारण पनि छन्। यो आन्दोलनमा प्रहरीको गोली लागेरभन्दा आगजनी र अन्य आक्रमणबाट ज्यान गुमाउनेका संख्या बढ्दै गएको छ।

हालसम्म प्राप्त जानकारीअनुसार आन्दोलनका करिब २ दर्जन जेनजीको प्रहरीको गोली लागेर मृत्यु भएको छ। त्यस्तै आगजनीमा ज्यान गुमाउनेको संख्यामा पनि त्योभन्दा बढी देखिएको छ। अन्य आक्रमणबाट मृत्यु हुनेको संख्या पनि उत्तिकै रहेको छ।

आन्दोलनका क्रममा आगजनीमा परेर काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर मार्केटमा मात्रै ६ जनाको मृत्यु भएको छ। धरानको भाटभटेनीमा भएको आगजनीमा पनि २ जनाको मृत्यु भएको छ। महाराजगन्ज प्रहरी वृत्तमा भएको आगजनीमा २ जना प्रहरीको मृत्यु भएको छ।

उता अटोमोबाइल्स व्यवसायी ध्रुव थापाको पोखरास्थित घरमा भएको आगजनीमा २ जनाको जलेर मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी कान्छी छोरी गंगाको घरमा भएको आगजनीमा एकजनाको मृत्यु भएको छ।

यसैगरी विभिन्न कारागारबाट भाग्ने खोज्ने १० जना कैदीबन्दी मारिएका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा भएको आगजनीमा पनि मानवीय क्षति भएको आशंका गरिएको छ। यद्यपि, कति हताहती भयो भन्ने विषय खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS