IME Life New

यातायात विभागको सम्पूर्ण प्रणाली बन्द, लाइसेन्स छपाइ ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगेपछि सम्पूर्ण प्रणाली बन्द भएको छ।

विभागले आज एक सूचना जारी गर्दै विभागको भौतिक संरचनामा तोडफोड, आगजनी र चोरी तथा लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुगेको उल्लेख छ। सोही कारणले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा विद्युतीय सवारीसाधन दर्ता (ईडीएल भीआरएस)सम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको छ।

Esewa
Crest

यस विषम परिस्थितिमा अर्को सूचना नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा विवरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS