IME Life New

कर्मचारीलाई भौतिक रुपमा उपस्थिति गराई सम्पूर्ण शाखा कार्यालय सञ्चालन गर्न बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई आज आइतबारबाट सबै शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै सबै बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो। ‘सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारबाट पूर्ण रुपमा सञ्चालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

देशमा विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेको हुनाले प्राधिकरणले सबै कार्यालय तथा शाखा खोल्न बीमालाई निर्देशन दिएको हो।

जेनजी आन्दोलनपछि मुलुकमा देखिएको अस्तव्यस्तता अहिले सामान्य बनेको छ। ठूलो मानवीय र भौतिक क्षति भएपछि संसद विघटनसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वन्यायाधीश सुशीला कार्कीको नियुक्तिसँगै मुलुक शान्ति उन्मुख बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

9%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

36%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS