IME Life New

नेपाल बैंक र कृषि विकास बैंकलाई विभिन्न १० सूचकमा दाँजेर हेर्दा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक र नेपाल बैंक सरकारी लगानी भएका दुई वाणिज्य बैंक हुन्। दुवै बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

रिटेन्ड अर्निङः कृषि विकास बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको रिटेन्ड अर्निङ ४४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

Esewa
Crest

जगेडा कोषः कृषि विकास बैंकको जगेडा कोषमा १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने नेपाल बैंकको जगेडा कोषमा २३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः कृषि विकास बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने नेपाल बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः कृषि विकास बैंकले ९ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा नेपाल बैंकले १० अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः कृषि विकास बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा नेपाल बैंकले ५ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः कृषि विकास बैंकले ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेकोमा नेपाल बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः कृषि विकास बैंकको २ अर्ब ८७ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा नेपाल बैंकको ४४ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।

किताबी मूल्यः कृषि विकास बैंकको किताबी मूल्य २४१.०४ रुपैयाँ छ भने नेपाल बैंकको किताबी मूल्य २५९.८१ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणको आधारमा कृषि विकास बैंकको वार्षिक प्रतिशेयर आम्दानी २७.६३ रुपैयाँ छ भने नेपाल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २५.६८ रुपैयाँ छ।

खराब कर्जाः कृषि विकास बैंकको खराब कर्जा ३.२६ प्रतिशत हुँदा नेपाल बैंकको खराब कर्जा ४.४७ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS