IME Life New

विश्वकै पहिलो एआई मन्त्री, जसले न भ्रष्टाचार गर्ने छिन् न त घुस नै लिने छिन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिलेसम्म तपाइँले सुन्नुभएको होला कि मानिसहरुले एआई च्याटबटहरुलाई साथी, साझेदार वा पतिका रुपमा पनि मानेका छन्। तर, अब एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले पनि मन्त्रीको ठाउँ लिएको छ। यो अलि अनौठो सुनिन्छ। तर, अल्बानिया नामको सानो देशले विश्वमै यो अनौठो कदम चालेको छ।

अल्बानिया सरकारले एक नयाँ मन्त्री नियुक्त गरेको छ, जसको नाम ‘डिएला’ हो। विशेष कुरा के हो भने डिएला मानव होइन तर एआईबाट बनेको भर्चुअल बोट हो। यसको काम सरकारी सार्वजनिक खरिद सम्हाल्नु हो। यस प्रक्रियामा भ्रष्टाचार र घुसखोरी कम गर्नु।

Esewa
Crest

पोलिटिकोको रिपोर्टअनुसार अल्बानियाका प्रधानमन्त्री एडी रामाले बिहीबार आफ्नो नयाँ मन्त्रिपरिषद्को घोषणा गरे। यस क्रममा उनले डिएलालाई परिचय गराए। जसको नाम अल्बेनियाली भाषामा ‘सूर्य’ को प्रतीक हो। रामाले भने, ‘डिएलाको काम सरकारी टेन्डरहरु व्यवस्थापन गर्नु हो र यसले निजी कम्पनीहरुलाई परियोजनाहरु दिने निर्णय गर्नेछ।’

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने डिएलालाई यसरी डिजाइन गरिएको छ कि उनी घुस, धम्की वा कुनै पनि प्रकारको पूर्वाग्रहबाट प्रभावित हुने छैनिन्। रामाको दाबी छ, ‘डिएला आएसँगै अल्बानियामा सरकारी टेन्डरहरु पूर्ण रुपमा भ्रष्टाचारमुक्त हुनेछन्।’

बाल्कन देश अल्बानिया लामो समयदेखि भ्रष्टाचारको समस्यासँग संघर्ष गरिरहेको छ। विशेषगरी सरकारी टेन्डरहरुमा अनियमितता र घुसखोरीको मुद्दाहरु छन्। यतिमात्र होइन अल्बानियामा लागूपदार्थ र हतियार तस्करी गर्ने गिरोहहरु सक्रिय छन्। जसले आफ्नो कालो धनलाई वैध बनाउन सरकारी प्रणालीमा घुसपैठ गर्छन्।

भ्रष्टाचारका कारण अल्बानियाले युरोपेली संघ (ईयू) मा सामेल हुन पनि कठिनाइहरुको सामना गरिरहेको छ। प्रधानमन्त्री रामाको लक्ष्य सन् २०३० सम्ममा अल्बानिया ईयूको हिस्सा बन्नु हो। तर विज्ञहरुले यसलाई धेरै गाह्रो मान्छन्। यो सपना पूरा गर्न डिएलालाई मन्त्री बनाइएको छ।

डिएला अल्बानियामा नयाँ अनुहार होइन। यस वर्षको सुरुमा डिएला ई–अल्बानिया प्लेटफर्ममा भर्चुअल सहायकका रुपमा सुरु गरिएको थियो। यो प्लेटफर्मले अल्बानियाली नागरिक र व्यवसायलाई सरकारी कागजातहरु प्राप्त गर्न मद्दत गर्दछ। डिएला परम्परागत अल्बेनियाली पहिरनमा देखिन्छ र आवाजमार्फत आदेश लिन्छिन्।

अल्बेनियाली सरकारले डिएलाका निर्णयहरुमा कति मानव निगरानी हुनेछ भनेर स्पष्ट पारेको छैन। यदि कसैले यो एआई बटलाई गलत तरिकाले ह्याक गर्ने वा प्रभाव पार्ने प्रयास गर्छ भने यसले कसरी व्यवहार गर्नेछ वा परिस्थितिबाट बच्नेछ भनेर पनि भनिएको छैन। प्रविधि जति उन्नत छ, यो उत्तिकै जोखिमपूर्ण पनि हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS