IME Life New

भयानेटको इन्टरनेट र भायाटिभी सेवा सामान्य स्तरमा फर्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भयानेटको इन्टरनेट र भायाटिभी सेवा सामान्य स्तरमा फर्किएको छ । अहिले इन्टरनेट र भायाटिभी सेवा सामान्य स्तरमा फर्किएको छ। सेवा अझै पूर्ण क्षमतामा नरहेको तर अधिकांश ग्राहकहरूका लागि सेवा उपलब्ध भइरहेको जनाएको छ। बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिएपछि सेवा आगामी आइतबार भदौ २९ गतेबाट पूर्ण रूपमा सामान्य हुने जनाएको छ ।

कम्पनीले Vianet Customer Mobile App  फेरि पूर्ण रूपमा काम गरिरहेको छ। साथै, कम्पनीको Call Center पनि बढेको क्षमतासहित सञ्चालनमा आएको छ, जसले ग्राहकलाई छिटो सहयोग गर्न सक्छ।

Esewa
Crest

फाइबर टेक्निसियनहरूले दिनरात मेहनत गरेर हालैका घटनाबाट बिग्रिएका अधिकांश (यदि सबै नभए पनि) फाइबर ब्रेकेजहरू गरेसकेका छन्।

यस्तो ठूलो र अप्रत्याशित समस्याबीच पनि हाम्रो टिमले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको छ। यसले हाम्रो नेटवर्कको मजबुती र टिमको समर्पण देखाउँछ। यस अनुभवले कम्पनीलाई भविष्यमा सेवा अवरुद्ध हुने जोखिम कम गर्न प्रणाली अझ बलियो बनाउने प्रेरणा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS