IME Life New

नेपालको अन्तरिम सरकारबारे भारतको प्रतिक्रिया सार्वजनिक, के भन्यो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा शुक्रबार गठित नयाँ अन्तरिम सरकारप्रति छिमेकी भारतले प्रतिक्रिया जनाएको छ।

भारतीय विदेश मन्त्रालयले भारतले दुवै देश र जनताको कल्याण तथा समृद्धिका लागि नेपालसँग नजिकबाट काम गरिरहने जनाएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्नेछ।’

Crest

विज्ञप्तिमा भनिएको छ, ‘निकट छिमेकी, सहलोकतन्त्र र लामो समयदेखि विकास साझेदारका रुपमा भारतले दुवै देश र नागरिकको कल्याण र समृद्धिका लागि नेपालसँग काम गरिरहनेछ।’

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार राति अबेर नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनिन्। कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद र गोपनीयताको सपथ गराएका थिए।

जेनजी प्रदर्शनकारी, नेता, राष्ट्रपति पौडेल र अन्य कानुनी विज्ञसँग धेरै दिनको छलफलपछि अन्ततः शुक्रबार साँझ अन्तरिम प्रधानमन्त्रीका लागि कार्कीको नाममा सहमति भएको थियो। भ्रष्टाचारको आरोप र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको विशाल युवा प्रदर्शनका बीच मंगलबार राजीनामा दिएका केपी शर्मा ओलीको स्थान कार्कीले लिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

85%

खुसी

4%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS