IME Life New

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कामचलाउ सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

Crest

प्रधानमन्त्रीको सिफारिशमा मन्त्रीहरू नियुक्ति नहुँदासम्म तत्काल सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीमा निहित रहनेछ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केही बेर अघि अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS