IME Life New

प्रथम महिला प्रधानमन्त्री बनिन् सुशिला कार्की, तत्काल तीन सदस्यीय मन्त्री परिषद बन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्ततः राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान सभा विघटन गर्न सहमति जनाएसँगै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकी छिन्।

जेन जी प्रतिनिधि र राष्ट्रपतिबीच शुक्रबार साँझ भएको सहमतिमासंकटकाल घोषणा गर्ने र संसद विघटन गरेसँगै सुशीला कार्कीलाइ कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो।

Esewa
Crest

प्रथम महिला प्रधानन्यायाधिशको रेकर्ड कायम बनाइसकेकी कार्कीले नेपालको इतिहासमा पहिलो प्रथम महिला प्रधानमन्त्रीको समेत रेकर्ड दर्ज गर्ने भएकी छिन् । उनको शुक्रबार राति ९ बजे सपथ ग्रहण गराउन राष्ट्रपतिको कार्यालयले तयारी शुरू गरेको छ।

यसैबीच शुरूमा तीन सदस्यीय मन्त्री मण्डल गठन गर्ने जानकारी प्राप्त भएको छ। नयाँ बन्ने मन्त्रीमण्डलमा कुलमान घिसिङ र ओमप्रकाश अर्याललाइ समेत मन्त्रीको जिम्मेवारी दिने बताइएको छ। साथै पूर्व सैनिक अधिकृत बालानन्द शर्माको पनि नाम चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

86%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS