IME Life New

सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन जुट्यो सहमति, आजै सपथग्रहणको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी समूहको प्रतिनिधित्व गरेको वार्ता टोली र राष्ट्रपति रामचन्द्र पाैडेलबीच पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाइ काम चलाउ प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ।

दुबै पक्षबीच प्रतिनिधि सभा विघटन गर्ने र आजै राति ९ बजे कार्कीलाई प्रधानमन्त्री पदको सपथ ग्रहण गराउने तयारी गरिएको छ।

Esewa
Crest

शितल निवासमा शुक्रबार दिन भर भएको वार्तामा जेन जीका प्रतिनिधिले संसद विघटन नहुँदासम्म प्रधानमन्त्रीको नियुक्तिको प्रस्ताव नमान्ने अडान राखेका थिए। उनीहरूलाई पूर्व शर्तका रूपमा प्रधानमन्त्रीको नियुक्ति पछि मात्र संसद विघटन गर्न सहमत भएपछि मात्र राष्ट्रपति समक्ष वार्ताका लागि लैजाने सरकारी पक्षको तयारी भएपनि विद्रोही यूवाहरूले मानेनन्, अडान कायमै राखे।

दिनभर सहमति नभएपछि उनीहरूले पुनः आन्दोलन छेड्दै राष्ट्रपति निवास जलाउने चेतावनी दिएपछि राष्ट्रपति पाैडेलले संसद विघटनपछि कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS