IME Life New

जेनजी आन्दोलनः क्षति व्यहोरेका उद्योगी-व्यवसायीलाई राष्ट्र बैंकको साथ, राहात प्याकेज ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजीको आन्दोलनमा क्षति व्यहोरेका व्यवसायीलाई सहुलियत दिन कार्यदल बनाउने भएको छ।

केन्द्रीय बैंकले क्षति व्यहोरेका उद्योगी–व्यवसायीलाई सहुलियत दिन कार्यदल बनाएर अध्ययन गर्ने भएको हो। आज राष्ट्र बैंकमा गभर्नर विश्वनाथ पौडेलले व्यवसायी र बैंकरलाई बोलाएर छलफल गरेका थिए। सोही छलफलमा क्षतिको अध्ययन गर्न कार्यदल बनाउने गभर्नर पौडेलले जानकारी गराएका हुन्। ‘जेनजीको आन्दोलनबाट उद्योगी–व्यवसायीले ठूलो क्षति व्यहोरेका छन्’, छलफलमा गभर्नर पौडेलले भने, ‘तर, यो विषम परिस्थितिमा उद्योगी–व्यवसायीको मनोबल कमजोर नबनाउन सबै पक्ष लागिपर्नुपर्छ।’

Esewa
Crest

छलफलमा गभर्नर पौडेलले राष्ट्र बैंकले उद्योगी–व्यवसायीको मनोबल उकास्न सहुलियत प्रदान गर्ने प्रतिबद्धता गरे। ‘यसका लागि प्याकेज ल्याइनेछ’, उनले भने, ‘आन्दोलन प्रभावित उद्योगी–व्यवसायीलाई नीगित सहजीकरण गरिनेछ।’

छलफलमा बैंकहरुले पनि क्षतिबाट आहात भएका उद्योगी–व्यवसायीलाई राहातको प्याकेज ल्याउनुपर्ने सुझाव गभर्नर पौडेललाई दिएका थिए। ‘हामीले असहज अवस्थामा रहेका उद्योगी–व्यवसायीलाई सहयोग नगरे उनीहरु उठ्न सक्दैनन्’, बैंकरहरुले भने, ‘त्यसैले राष्ट्र बैंकले क्षतिको अध्ययन गरेर उचित कदम चाल्नुपर्छ।

छलफलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरुका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS