IME Life New

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल उद्योग परिसंघको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएको छ । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ ।

Esewa
Crest

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघले आग्रह गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था नरहेको जनाइएको छ । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघले आग्रह गरेको छ ।

कोभिड १९ र तत्पश्चात लिइएका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनोतीपूर्ण अवस्थाको सामना गर्नु परेको थियो । हालको परिस्थितिमा सहज रुपमा उद्योग व्यवसाय संचालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर परी समग्र अर्थतन्त्रको विकास एवं सरकारको राजश्व प्रभावित हुन सक्ने भएकाले समयमै उचित वातावरण बनाउन परिसंघ सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS