IME Life New

सेबोनसँग राजनीतिक स्थिरता सुनिश्चित नहुँदासम्म शेयर कारोबार अस्थायी रुपमा स्थगित गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताका छाता संगठनहरुले राजनीतिक स्थिरता सुनिश्चित नहुँदासम्म शेयर कारोबार अस्थायी रुपमा स्थगित गर्न माग गरेका छन्।

लगानीकर्ताका छाता संगठनहरु शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। देशको हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै लगानीकर्ताहरुको संयुक्त अनुरोधलाई गम्भीर रुपमा ग्रहण गरी समयमै उचित कदम चाल्न पनि धितोपत्र बोर्डसँग लगानीकर्ताले अपेक्षा गरेका छन्।

Esewa
Crest

नेपालको राजनीतिक परिस्थिति पछिल्ला दिनमा भइरहेका दुःखद् घटनाक्रमले अस्थिर हुँदै गएको, शान्ति सुरक्षामा चुनौती बढिरहेको तथा दुःखद घटनाहरुले आमनागरिकसँगै लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेको यथार्थ सबैलाई अवगत रहेको ज्ञापनपत्रमा उल्लेख छ। ‘यस्तो विषम परिस्थितिमा पुँजीबजार स्वाभाविक रूपमा बढी प्रभावित हुने हुँदा, बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखी हामी यो सामूहिक आग्रह प्रस्तुत गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ।

ज्ञापनपत्रमा धितोपत्र बजारको प्रकृति नै संवेदनशील हुने अवगत गराइएको छ। ‘सानो संकेत वा अप्रत्याशित समाचारले समेत ठूलो उतारचढाव ल्याउने क्षमता राख्छ। अहिले देखिएको भय र अनिश्चितताले लगानीकर्तालाई विवेकपूर्ण निर्णय लिन असम्भवजस्तै बनाइदिएको छ’, ज्ञापनपत्रमा उल्लेख छ, ‘यसको परिणामस्वरुप अनावश्यक विक्री चाप आउने, ससाना कारोबारले बजार असामान्य रुपमा खस्किने र विशेषगरी साना तथा नयाँ लगानीकर्तालाई अपूरणीय क्षति पुग्ने खतरा बढ्ने दृष्टान्त विगतका घटनाले पुष्टि गरिसकेको छ।’

यस अवस्थालाई गम्भीरतापूर्वक मूल्यांकन गर्दा तत्कालका लागि शेयर कारोबार अस्थायी रुपमा स्थगन गर्नु नै बजारलाई थप ठूलो क्षतिबाट जोगाउने एक मात्र यथोचित विकल्प रहेको ज्ञापनत्रपमा औँल्याइएको छ। ‘राजनीतिक स्थिरता पुनःस्थापना भई समग्र आर्थिक गतिविधिहरु सहज बनेपछि मात्र पुनः कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ, ‘साथै, यसबीचमा विगतमा लगानीकर्ताहरूले निरन्तर उठाएका माग तथा सुधारका बुँदाहरुलाई द्रुत गतिमा कार्यान्वयन गर्न बोर्डलाई अनुरोध समेत गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS