काठमाडौं । शेयर बजार अर्को साताभरि पनि नखुल्ने भएको छ।
नेपालस्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना प्रकाशित गर्दै शेयर कारोबार भदौ २९ गतेदेखि असोज २ गतेसम्म बन्द रहने जानकारी गराएको हो। यसको अर्थ शेयर बजार अर्को साताभरि नखुल्ने भएको छ।
अब परिस्थिति सामान्य बनेको खण्डमा असोज ५ गते आइतबार शेयर बजार खुल्नेछ। यो भनेको दसैँको घटस्थापना (असोज ६ गते) अघिल्लो दिन हो। यदि परिस्थिति तरल नै रहेको अवस्थामा भने सो दिन पनि शेयर बजार खुल्ने सम्भावना कमै रहेको छ।
जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मंगलबारदेखि बन्द रहेको छ।

















