काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।
प्रहरीका अनुसार आन्दोलनमा २१ जना जेनजी प्रदर्शनकारीसहित ५१ जनाको मृत्यु भएको हो। प्रदर्शनमा ज्यान गुमाउनेमा ९ कैदीबन्दी, ३ जना प्रहरी, १ भारतीय र बाँकी अरु रहेका छन्।
ल विभिन्न अस्पतालमा ४०० भन्दा बढी घाइते उपचार भइरहेको प्रहरीले जनाएको छ। भौतिक क्षतिको विवरण भने संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

















