IME Life New

संसद विघटनमा राष्ट्रपतिको आलटाल, सहमति जुटेपछि मात्र सम्पर्क गर्नुः सुशीला कार्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जेनजी युवाले मुख्य रुपमा उठाएका संसद विघटनको मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले आलटाल गरिरहेका छन्। जसका कारण अझै पनि अन्तरिम सरकार गठनको विषयमा सहमति जुट्न सकेको छैन।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने विषयमा राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिबीच सहमति भइसकेको छ। तर, संसद विघटनको विषयमा सहमति नजुट्दा अन्तरिम सरकार गठनको प्रक्रियामा ढिलाइ भइरहेको हाल शीतल निवासमा उपस्थित एक जेनजी प्रतिनिधिले बताए।

Esewa
Crest

शीतल निवासमा जारी वार्तामा जेनजी प्रतिनिधि गएका छन्। ‘राष्ट्रपतिले संसद् विघटनमा आलटाल गर्दै समय घर्काउन खोजिरहेका छन्, त्यही कारण अन्तरिम सरकार गठनमा ढिलाइ भइरहेको छ’, ती जेनजी प्रतिनिधिले भने।

उता अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्काजस्तै देखिएकी कार्की भने अहिले घरमै छिन्। उनले सहमति जुटेको खण्डमा मात्रै आफूलाई सम्पर्क गर्न भनेको ती जेनजी प्रतिनिधिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

83%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS