IME Life New

बीमकलाई कर्मचारी र श्रमिकको पारिश्रमिक बैंक खातामा भुक्तानी गर्न निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले कर्मचारी र श्रमिकको पारिश्रमिक बैंक खातामा भुक्तानी नगरे कारबाही व्यहोर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै अनिवार्य रुपमा कर्मचारी र श्रमिकको पारिश्रमिक बैंक खातामा भुक्तानी गर्न निर्देशन दिएको हो।

Esewa
Crest

बीमकले कर्मचारी र श्रमिकको पारिश्रमिक तथा ज्याला सम्बन्धित कर्मचारीको बैंक खातामा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ। तर, अझै पनि केही बीमकहरुले उक्त व्यवस्थाविपरीत हुने गरी भुक्तानी गर्ने गरेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ।

अब स्थायी अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक वा ज्यालाबापतको भुक्तानी अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको छ। यो निर्देशनविपरीत भुक्तानी गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ।

लघु बीमा र वैदेशिक रोजगार बीमाको अवैध खर्च लुकाउन बीमा कम्पनीले नगदमा भुक्तानी गरेको फेला परेपछि प्राधिकरणले कडाइ गर्न लागेको स्रोत बताउँछ।

यसैगरी पछिल्लो समयमा निर्जीवन बीमकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धाका कारण क्यास ब्याक अर्थात बीमाशुल्कको निश्चित प्रतिशत रकम बीमितलाई नै फिर्ता दिने गलत अभ्यास भइरहेको छ। ‘यो विषयमा पनि प्राधिकरण गम्भीर बनेको हुन सक्छ’, स्रोतले भन्यो, ‘त्यही भएर कर्मचारी र श्रमिकको पारिश्रमिक अनिवार्य बैंक खातामार्फत भुक्तानी गर्न निर्देशन दिएको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS