IME Life New

जलेको घरको आगोसँगै मेरा सबै उत्साह जलेर खरानी भएः ध्रुव थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटोमोबाइल्स व्यवसायी हुन्, ध्रुव थापा। उनी नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका निवर्तमान अध्यक्ष पनि हुन्। जेनजीको आन्दोलनका क्रममा थापाको पोखरास्थित घरमा आगजनी गरिएको थियो।

आगजनीपछि थापाले फेसबुक पेजमा पोखेको पीडा

Esewa
Crest

म कुनै राजनीतिक मान्छे थिइनँ। न कुनै भ्रष्ट वा तस्कर । १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिनँ, अरु धेरैलाई पनि सिकाएँ। नेपालमै उद्यम गर्नुपर्छ।

नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्यम व्यवसायबाट केही कमाउँदा समाजका लागि पनि योगदान गरिरहेको छु। युवा उमेरदेखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। ममात्र होइन हामी दम्पती नै लागिरहेका छौँ। ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा थुप्रै संख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थालाई निःशुल्क प्रदान गर्यौं। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्।

हामी दम्पतीले विभिन्न सामाजिक संघसंस्थामार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौँ। आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर–अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ।

मेरा बुवा–बाजेहरुले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो। तर, एकैछिनमा सबै खरानी बनाइदिए।

सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडाभन्दा पनि धेरै पीडा हाम्रो परिवारकै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनुपर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघिमात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नुपरेको छ। घरमा मान्छे छन् भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन् वा त्यहाँभित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाऊन्।

अहिलेको आन्दोलनमा मेरो दाजु विन्दु थापासँग मलाई जोडिएको छ। दाइ राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिलादेखि नै पोखराको एक सफल व्यवसायीका रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको संख्यामा फेक आईडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आमजनताले राम्रोसँग बुझेका छन्, उहाँको बारेमा।

एउटा महत्वपूर्ण कुरा के भने हामीहरुको परिवार अहिलेमात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरुकै सन्तान हौँ, हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगतदेखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलबभत्तासमेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कममात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चल–अचल सम्पत्ति पारदर्शीताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गथ्र्यो होला र ?

यो अत्यन्त पीडादायी क्षणहरुमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरुले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरुले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS