IME Life New

नेपाली सेनाले भन्यो- ‘भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाली सेनाले हालको परिस्थितिमा नेपाली सेनालाई जोडेर आएका विभिन्न भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘तर, नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। तसर्थ त्यस्ता भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आग्रह गर्दछौँ।’

Esewa
Crest

यसका साथै नेपाली सेनाले सूचना आदानप्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयलगायत स्थानीयस्तरमा विभिन्न पृतना हेडक्वार्टरहरुसँग समन्वय गर्न सकिने जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS