IME Life New

जेनजी आन्दोलनः क्षतिको यथाशीघ्र बीमा दाबी फर्छ्यौट गर्न बीकमहरुलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा रहेका क्षतिको यथाशीघ्र बीमा दाबी फर्छ्यौट गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले आज सबै निर्जीवन तथा लघु निर्जीवन बीमकका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ’, परिपत्रमा भनिएको छ, ‘उक्त परिस्थितिका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशानुसार अनुरोध गरिन्छ।’

Esewa
Crest

यसका साथै उल्लेखित परिस्थितका कारणले भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रुपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS