काठमाडौं । पूर्व प्रधानन्यायाधिश सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त हुन नसक्ने भएपछि सेनाले कर्फ्यूको समय थपेको छ।
नेपाली सेनाले भदौ २७ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
संविधानको धारा १३२ (२) मा प्रधान न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने व्यवस्था छ ।


यही व्यवस्थाका कारण उनी आन्दोलनको म्याण्डेटका आधारमा भएपनि अन्तरिम प्रधानमन्त्री पदका लागि अनुपयुक्त हुने भएकी हुन् ।
यही कारणले अब अन्तरिम प्रधानमन्त्री चयन प्रक्रिया धकेलिने भएको छ।
कार्कीको नाममा आन्दोलनकारी पक्षबीच सहमति बनेपनि संवैधानिक अड्चनका कारण आन्दोलनकारीले नाम प्रस्ताव गर्न सकेनन् ।

















