काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले पाँच महिनाको रिक्ततापछि नयाँ अध्यक्ष पाएको छ।
भारत सरकारले अजय सेठलाई २५ जुलाई २०२५ को निर्णयबाट तीन वर्षे कार्यकालको वा उनी ६५ वर्ष नपुगुन्जेलसम्मका लागि स्वीकृत गरेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।
गत मार्च १३ तारेखमा देबाशिस पाण्डाको अनिवार्य अवकाश पछि अध्यक्ष पद पाँच महिनादेखि रिक्त रहेको थियो।
नवनियुक्त अध्यक्ष सेठ, आर्थिक मामिला विभागका पूर्व सचिव हुन् । उनीसँग आर्थिक नीति र नियामक सुधारमा तीन दशकभन्दा बढीको अनुभव रहेको द इकोनोमिक टाइम्सले जनाएको छ।

















