IME Life New

जेनजी युवाको भावना गाँसेर अझ सशक्त र उत्तरदायी दल बन्ने कांग्रेसको प्रण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसले अब आफूहरु जेनजी युवाको भावना गाँसेर अझ सशक्त र उत्तरदायी दल बनेर अघि आउने प्रण गरेको छ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा यस्तो प्रण गरिएको हो। ‘आमनागरिकको प्रतिनिधित्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौँ, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको शृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै यसअघिका आन्दोलनका बेला अहिलेजस्तै गरी सार्वभौम नागरिकले जिउज्यान दिएर हात परेको उपलब्धि नउल्टिनु भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्किन नदिनु अब हाम्रो महत्वपूर्ण प्रयासमा केन्द्रित छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनले सदैव अग्रमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रस्ट छौँ।

Esewa
Crest

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीले जनअपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको विज्ञप्तिमा उल्लेख छ। ‘त्यस क्रममा सत्तालाई जबाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मलोचित छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तर अब फेरिएको यस परिस्थितिमा युवाको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं।’

आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकोले अबको नेपाली कांग्रेस आमजनताको अपेक्षा, जेनजी युवाको भावना र अन्य भिन्न पुस्ताको अभितमसमेतलाई गाँसेर जनउत्तरदायी दल बन्ने विज्ञप्तिमा प्रतिबद्धता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS