IME Life New

निजी वायुसेवा कम्पनीहरुले बन्द गरे आन्तरिक उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै निजी वायुसेवा कम्पनीहरुले बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् ।

निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सबै आन्तरिक उडान बन्द गरिएको जानकारी गराएको हो। ‘दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

विज्ञप्तिमा मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले सबै उडान बन्द उल्लेख छ। ‘अन्तर्राष्ट्रिय विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरुले आफ्ना उडान पूर्ववत् सञ्चालन गर्नेछन्’, विज्ञप्तिमा छ।

सम्पूर्ण यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमै विमानस्थल पुग्न सहयोग गरिदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

विज्ञप्तिमा केही अराजक तथा उच्छृंखल मनोवृत्तिका व्यक्तिहरुले निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीका कार्यालयमा समेत आगजनी गरेको घटना निन्दनीय भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS