IME Life New

जेनजी समूहको सर्वसहमतिमा वार्ता अगाडि बढाउन अपिल, राखे यस्ता ५ प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले जेनजी समूहको सर्वसहमतिमा वार्ता अगाडि बढाउन अपिल गरेको छ।

जेनजी युवा विद्यार्थीका तर्फबाट आज जारी सामूहिक अपिलमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। जेनजी युवा विद्यार्थीले वार्ताका लागि ५ बुँदे प्रस्ताव पनि अघि सारेका छन्।

Esewa
Crest

अहिले राष्ट्रपतिलाई जेनजी समूहलाई वार्ताका लागि आह्वान गरिएको तर वार्तामा सहभागी हुनेबारे अन्योल बनेको अपिलमा उल्लेख छ। ‘यो आन्दोलन कुनै एउटा निश्चित जेनजी समूहले मात्रै होइन। तसर्थ, यसबारे हामी के कुरा स्पष्ट गर्दछौं कि वार्तामा कुनै एउटा समूह वा अमूक व्यक्तिहरुलाई मात्रै होइन’, अपिलमा भनिएको छ, ‘त्यसैले सबै जेनजी समूहको सर्वसहमतिमा वार्ता अगाडि बढाउन अपिल गर्दछौँ।’

जेनजी विद्यार्थी समूहले वार्ताका लागि निम्न प्रस्ताव अगाडि सारेको छ

  • निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेछ। साथै, राज्यको निकाय भएका वा कुनै पनि तहको जनप्रतिनिधिलाई बनाउन पाइने छैन। त्यसमा अहिले संसदमा भएका पार्टी पनि सहभागी बन्न पाउने छैनन्। सहमतिबाट जेनजी समूहका प्रतिनिधि पनि सहभागी बनाउनुपर्ने।
  • राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वार्वाचत कार्यकारी प्रमुख हुने व्यवस्थासहित निर्वाचन ६ महिनाभित्र गराउनुपर्ने। जसमा विज्ञसहितको मन्त्रीमण्डल र कानुन निर्माणका लागि जननिर्वाचित प्रतिनिधिसभा हुनुपर्नेछ।
  • विसं. २०४६ यता राज्यको सेवासुविधा लिने सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली नागरिक आयोगको गठन गरी अपचलित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेछ।
  • देशलाई आगामी दिशानिर्देश गर्न उच्चस्तरीय र निर्विवादित, सर्वपक्षीय व्यक्ति वा समूह र जेनजी समूहका प्रतिनिधिसहित उच्चस्तरीय नागरिक संयन्त्रको निर्माण गर्नुपर्नेछ।
  • राष्ट्रिय धरोहरहरु र सार्वजनिक सम्पत्ति खरानी बनाउने षड्यन्त्रको पर्दाफास गर्न निष्पक्ष आयोग गठन गरी अनुसन्धान र छानबिन गर्नुपर्नेछ।

प्रिय युवा विद्यार्थी साथी, आदरणीय आमबुवा, दाजुभाइ तथा दिदिबहिनी जेनजी युवा विद्यार्थीको आन्दोलन सामाजिक सञ्जालमाथि प्रतिबन्ध, भ्रष्टाचारको उन्मूलन र राजनीतिक स्थायित्वका लागि रहेको अपिलमा प्रस्ट पारिएको छ। ‘हाम्रा माग शान्तिपूर्ण युवा विद्यार्थीको विद्रोहबाट सम्भव थियो। तर, हाम्रो आन्दोलनमा देशलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी शक्ति, संसदवादी दल र सरकारमै भएका बलका कार्यकर्ता, लोकप्रियतावादी र नेपाललाई पराधीन बनाइराख्न खोज्ने शक्तिले नेपाली युवा विद्यार्थी र आमजनताको आक्रोशको भरपुर दुरुपयोग गर्न पुगे’, अपिलमा भनिएको छ, ‘जसबाट देश जलेर खरानी बन्यो। यसप्रति हामी दुःख व्यक्त गर्दछौं। हामीलाई थाह छ कि विश्वमा जति क्रान्ति भएका छन्, त्यहाँ निश्चित मूल्य चुकाउनुपरेको छ तर नेपालमा अहिले त्यो अवस्था थिएन। अब हामी खरानीकै जगमा उठनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

2%
sad

दु :खी

2%
amazed

अचम्मित

4%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS