IME Life New

‘समस्याको समाधान वार्ता, समझदारी र आपसी सम्मानको बाटोबाट मात्र सम्भव’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो राजनीतिक घटनाक्रमको समस्या समाधान वार्ता, समझदारी र आपसी सम्मानको बाटोबाट मात्र सम्भव रहेको जनाएको छ।

संघले आज एक विज्ञप्ति जारी गर्दै देशको शान्ति, स्थिरता र विकास वार्ता, समझदारी र आपसी सम्मानका माध्यमबाट मात्र सम्भव रहेको जनाएको हो। ‘हामी सबैले मिलेर यही मार्ग अपनाउनुपर्ने बेला आएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘संघका तर्फबाट हामी सबैलाई आग्रह गर्दछौँ कि हिंसा र विनाशबाट टाढा रहौँ, मानव जीवनको रक्षा र घाइतेको सहयोगमा एकजुट होऔँ।’

Esewa
Crest

भदौ २३ गते देशका विभिन्न स्थानमा जेनजी पुस्ताले सामाजिक, डिजिटल र सुशासनका लागि सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमा भएको त्रासदीप्रति संघले दुःख व्यक्त गरेको छ। ‘उक्त आन्दोलनमा १९ जना होनाहार युवा आन्दोलनकारी र प्रहरी तथा अन्य नागरिकसहित २३ जनाको अकाल मृत्यु भएको र ३५० भन्दा वढी घाइते अहिले पनि उपचाररत छन्, हामी अत्यन्तै मर्माहत छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मृतकको आत्माको चिरशान्ति कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।’

यसै सन्दर्भमा सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट मुलुक र व्यवसायीहरूले व्यहोर्नु परेको अतुलनीय क्षतिप्रति पनि संघले गहिरो दुःख व्यक्त गरेको छ। ‘वस्तुगत संघ यस आन्दोलनका क्रममा विभिन्न स्वार्थका लागि ’धमिलो पानीमा माछा मार्ने’ उद्देश्यले गरिएको घुसपैठलाई कडाइका साथ निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा राजनीतिक दल, नागरिक समाज, व्यवसायी समुदाय र सबै नागरिकलाई संयम रहन, शान्ति सुरक्षा कायम राख्न र अमनचैन कायम राख्नका लागि सहयोग गर्न अपिल गर्दछौँ।’

‘घाइतेहरुप्रति अनदेखा हुनुहुँदैन। घटनाका घाइते धेरै अस्पतालमा आफन्तविहीन अवस्थामा छन्’, संघले भनेको छ, ‘उनीहरुको तत्काल उचित उपचार र सहयोग सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी र कर्तव्य हो। समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्न इच्छुक जेनजी युवासहित सबैलाई संघको तर्फबाट अनुरोध गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS