काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो पनि सुनको भाउ तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय ५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको भाउ प्रतितोला २५ सय १५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

















