IME Life New

देशभर आज साँझ ५ बजेसम्म निषेधाज्ञा, त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज भदौ २५ गते साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा जारी गरेको जनाएको छ।

नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाबारे जानकारी गराएको हो। त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी नेपाली सेनाले स्पष्ट पारेको छ। ‘परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने व्यहोरा आमदेशवासीलाई जानकारी गराइन्छ’, नेपाली सेनाले भनेको छ।

Esewa
Crest

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्तिसुरक्षा अवस्थालाई मध्यनजर राखी हाल निषेधाज्ञा र कर्फ्यु जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ।’

जेनजी आन्दोलनपश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निम्ति सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ।

यसै क्रममा सम्पूर्ण अवकाश प्राप्त सैनिकलगायतका सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आमनागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ। ‘यसका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिनेमा नेपाली सेना विश्वस्त छ’, विज्ञप्तिमा भनिएको छ, ‘जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पुरÞ्याउन हार्दिक अपिल गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS