IME Life New

नेशनल इन्स्योरेन्सले माग्यो बीमाङ्की विश्लेषक, के चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमकको शाखा, नेशनल इन्स्योरेन्स लिमिटेडले बीमाङ्की विश्लेषक(एक्चुअरियल एनालिष्ट) पदको लागि दरखास्त आह्वान गरेको छ।

इन्स्योरेन्सले करार सेवामा नियुक्त गर्ने गरी एक जना बीमाङ्की नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।

Esewa
Crest

इन्स्योरेन्सका अनुसार,आवेदन दिनका लागि कम्तीमा ६० प्रतिशत अंक प्राप्त गरेर स्नातक तह उतीर्ण भएको, कुनै पनि तीनवटा एक्चुअरियल प्रोफेशनल परिक्षा उतीर्ण गरेको, कम्तीमा ३ महिनाको कार्य अनुभव भएको, एशोसिएट्सशिप प्राप्तीका लागि कार्य गरिरहेको हुनुपर्नेछ।

यसबाहेक नेपाली, हिन्दी र अँग्रेजी भाषा समेत ज्ञान भएको हुनुपर्ने शर्त राखेको छ। साथै कम्पनीले माइक्रोसफ्ट अफिस प्याकेजमा अनुभव भएको र निर्जीवन बीमकमा जोखिममा आधारित पूँजी(आरबीसी) र बीमाङ्की कार्य गरेको अनुभव भएकालाई प्राथमिकता दिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

इच्छुक व्यक्तिले २१ सेप्टेम्बर २०२५ सम्ममा कम्पनीको वेबसाइटमा उपलब्ध आवेदन फारममार्फत आवेदन दर्ता गराउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS