IME Life New

जेनजीका प्रतिनिधिलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका छन्।

राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका हुन्। मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत नागरिकलगायत सबैलाई सहयोग गर्न उनले आग्रह गरेका छन्।

Esewa
Crest

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा राष्ट्रपतिले विश्वास व्यक्त गरेका छन्। ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकोले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्छु’, उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS