IME Life New

सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन नागरिक अगुवाहरूको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तन्नेरी पुस्ताले नेतृत्व गरेको आन्दोलन विध्वशंकारी बन्दै गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितका नागरिक नेतृत्वले संयमता अपनाउन आह्वान गरेका छन्।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै अबोध यूवाहरूको ज्यान मार्ने प्रधानमन्त्री केपी शर्मा अोलीले राजीनामा दिइ सकेकाले अब संयमित भइ दिन अनुरोध गरेका हुन् ।

Esewa
Crest

उनले दिएको सन्देशः

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र सामाजिक सञ्जालमार्फत अभियन्ताका रूपमा चिनिएकी अाशिका तामाङले समेत सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन सबैमा अाग्रह गरेका छन्।
साथै चारवटै सुरक्षा निकायका प्रमुखहरू नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखका साथै नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले संयुक्त अपिल जारी गर्दै संयमता अपनाउन सर्वसाधारणमा अपिल गरेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिमा नोक्सानी नगरी दिन आह्वान गर्दै शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि अपिल गरेका छन्।
यसैबीच प्रधानमन्त्री केपि ओली सहितका उच्च पदस्थ नेताहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश पलायन हुन खोजेको भन्दै प्रदर्शनकारीहरू ठूलो संख्यामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढ्दैछन्।
प्रधानमन्त्री दम्पत्ति अहिले नेपाली सेनाको सुरक्षा घेरामा ब्यारेक भित्र रहेका छन् । बाहिरी वस्तुस्थितिका आधारमा उनीहरूलाइ उद्धार गरेर अन्यत्र लैजाने तयारीका साथ सैनिक अधिकारीहरू बसेका बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS