IME Life New

अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्छः बालेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब देशको नेतृत्व जेनजी पुस्ताले नै गर्नुपर्ने बताएका छन्।

मेयर बालेनले भर्खरै फेसबुक स्टेटसमा यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, ‘अब तपाइँको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्छ।’

Esewa
Crest

यो नितान्त जेनजीको आन्दोलन रहेको आफूहरुले स्पष्ट रुपमा भन्दै आएको पनि बालेनले भनेका छन्। ‘प्रिय जेनजी तपाइँहरुको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला’, उनले आग्रह गर्दै लेखेका छन्, ‘हामी अब संयमित हुनु जरुरी छ। किनकि देशको जनधनको क्षति भनेको तपाइँ हाम्रै सम्पत्तिको क्षति हो।’

बालेनले जेनजीलाई अबको बाटोका लागि तयार रहन पनि पनि सचेत गराएका छन्। ‘अब सेना प्रमुखसँग पनि वार्ता गर्न तयार हुनुहोला’, उनले लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS