IME Life New

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले सबैलाई संयमित हुन अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकोले सबैलाई संयमित हुन मुख्यसचिवसहित सुरक्षा निकायहरुले अपिल गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले आज संयुक्त रुपमा यस्तो अपिल गरेका हुन्। ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृतसमेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिक सबैलाई संयमित हुन आग्रह गर्दछौँ’, संयुक्त अपिलमा भनिएको छ।

Esewa
Crest

यस विषयमा राजनीतिक संवादका माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरिएको छ। ‘हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ’, अपिलमा भनिएको छ, ‘यसबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं सम्बद्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS