IME Life New

कांग्रेसको निष्कर्षः ७ बुँदेको औचित्य सकियो, सरकारबाट फिर्ता आउन मन्त्रीहरुलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसले ७ बुँदे समझदारीको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।

पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै ७ बुँदेको औचित्य सकिएकोले मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको हो। विज्ञप्तिमा राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ।

Esewa
Crest

कांग्रेसको निष्कर्ष

सरकार सही ढंगले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो। तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली! अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका न्भलश् पुस्ता माथिको दमन निन्दनीय छ। तिनले कुनै कुसी मागेका थिएनन् । तर, सरकारको अकर्मण्यताले होनहार युवाहरुले निर्मम मृत्यु वरण गर्नुपर्यो।

७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौँ। सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौँ।

प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर ‘नवीन राष्ट्रिय सहमति’ निर्माणका लागि ढोका खोल्नुपर्छ!

जेनजी पुस्तालाई हाम्रो अपिल छ तपाइँहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौँ। आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाइँहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौँ।

सबै राजनीतिक दललाई विद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS