IME Life New

यातायात सेवा अनिश्चितकालका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी रुपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको हो। ‘जेनजीको आन्दोलनका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ।’

Esewa
Crest

सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई आग्रह गरेको छ।

विज्ञप्तिमा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कफ्र्यु लगाइएको घटनाप्रति गहिरो दुःख गरिएको छ। ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघ सरकारसँग उनीहरुको उपचारको व्यवस्था मिलाउन माग गर्दछ।’

महासंघका आफ्ना सम्पूर्ण सदस्य संघसंगठनलाई घाइतेहरुका उपचारका लागि सक्दो सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS