IME Life New

जेनजीको प्रदर्शनबाट सिर्जित परिस्थिति साम्य नभएसम्म धितोपत्र सेवा रोक्ने ब्रोकरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जेनजीको प्रदर्शनबाट सिर्जित परिस्थिति साम्य नभएसम्म धितोपत्र सेवा रोक्ने निर्णय गरेको छ।

एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘जेनजी प्रदर्शनका कारण भएको ठूलो जनधनको यति विघ्न क्षति इतिहासमै अहिलेसम्मको अपूरणीय क्षति भएको र थप प्रदर्शन भड्कने सम्भावनाका कारण जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कर्फ्यु आदेशले उपत्यकाका विभिन्न स्थानहरु हुँदै रिङरोडभित्र रहेका धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयसम्म पुगी सेवा सञ्चालन गर्ने परिस्थिति नभएको हुँदा सरकारबाट तत्कालै सुरक्षाको प्रत्याभूति हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको प्रदर्शन र सोबाट सिर्जित परिस्थिति साम्य नहुन्जेले हामी धितोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्न कठिन देखिएको हुँदा हाम्रा सम्पूर्ण सेवालाई रोकिएको सम्पूर्ण नियामक निकाय, बजार सञ्चालक, राफसाफ निकाय तथा लगानीकर्तालाई जानकारी गराउँदछौँ। यसबाट पर्न गएको अपूरणीय क्षतिका लागि हामी क्षमाप्रार्थी छौँ।’

Esewa
Crest

जेनजी प्रदर्शनबाट सिर्जित परिस्थितिको समाधानका लागि आवश्यक पहल गरी परिस्थिति सामान्य बनाउनेतर्फ नेतृत्वदायी भूमिका खेली सहजीकरण गरिदिन राज्य संयन्त्र र मातहतका सबै निकायलाई एसोसिएसनले अपिल गरेको छ।

भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको एसोसिएसनले जनाएको छ। ‘यस प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नौजवान युवाहरुप्रति एसोसिएसन भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रदर्शनका क्रममा घाइते भई उपचाररत सबै युवा प्रदर्शनकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार र अन्तर्गतका प्रहरी तथा प्रशासनलाई प्रदर्शनका क्रममा संयमित भई प्रदर्शनकारीलाई ज्यान र सरकारी सम्पत्तिको सुरक्षाको प्रबन्ध मिलाउनसमेत अपिल गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS