IME Life New

भक्तपुरमा पनि कर्फ्यु, ओली निवास बालकोट विशेष सुरक्षा घेरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रधानमन्त्री केपी शर्मा अोलीको निजी निवास भक्तपुरको बालकोट क्षेत्र लगायतमा पनि बिहान ८ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

काैशलटार चाेकदेखि बालकोट चाेक हुँदै रोजभिलेजदेखि चारदोबाटो चाेकसम्म, राधेराधे चाेकदेखि निकोसेरासम्म, पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म, जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्म(२०० मिटर वरपर) सम्मको क्षेत्रमा कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

Esewa
Crest

यसैगरी बाख्रा बजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चार दोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक,  कमल विनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नालासम्म दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेज क्षेत्र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म अर्को आदेश जारी नहुँदासम्म कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS