IME Life New

तिमीहरु नेता होइनौ हत्यारा हौ, तिमीहरुको नेतृत्व अस्वीकार गर्छौंः जेनजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सोमबारको प्रदर्शनमा गरेको दमनलाई जेनजीहरुले कडा शब्दमा प्रतिवाद गरेका छन्। उनीहरुले अब राजनीतिक दलका नेताहरुलाई मतदान फाल्ने उद्घोष पनि गरेका छन्।

जेनजीहरुको साझा संगठन जेनजिजले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै जेनजीहरुमाथि गरिएको दमनलाई लिएर सरकारको तीव्र आलोचना गरेको हो। ‘तिमीहरुले बालबालिका र युवालाई गोली हान्न हिच्किचाएनौँ। हामीले आज तिमीहरु, सरकार र राजनीतिक दलहरुले के गरे भनेर देख्यौँ। हामी त्यहाँ थियौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हामीले तिमीहरुले चलाएको गोलीले स्कुलको पोसाक च्यातिएको र हाम्रा बहादुर साथीहरुबाट रगतको छिटा लागेको देख्यौँ। हामी यी नाम र यी अनुहार हामीसँगै बोक्नेछौँ र हामी तिमीहरुलाई पनि बिर्सन दिनेछैनौँ। हामीले तिमीहरुको बन्दुक विद्यालय पोसाकमा रहेका विद्यार्थीमाथि तेर्साएको, तिमीहरुका जुत्ताले शान्तिपूर्ण प्रदर्शनकारीलाई कुल्चिएको देखेका छौँ। यो तिमीहरुको बर्बर, भ्रष्ट र शक्तिको अयोग्य प्रदर्शन हो। हामीले वर्षौंदेखि तिमीहरुको क्रुरता अनुभव गरेका छौँ। तर, अब गर्ने छैन।

Esewa
Crest

विज्ञप्तिमा भनिएको छ, ‘तिमीहरु नेता बन्यौ किनकि हामीले तिमीहरुलाई मतदान गर्यौं। हामी नेपाली जनता जसका बच्चाहरुको आज तिमीहरुले हत्या गर्यौ। हामी र हाम्रा आमाबाबु र हजुरबा हजुरआमाका कारणले गर्दा तिमीहरु ती पदमा छौँ। आज, हामी त्यो फिर्ता लिन्छौँ। अब हामी तिमीहरुलाई हाम्रो नेता मान्दैनौँ। तिमीहरु सबैलाई सत्ताका ती पदबाट हटाउन हाम्रो आन्दोलन यहाँ सुरु हुन्छ।’

संसदले जनताको विश्वास गुमाएको छ यसले अब जनताको प्रतिनिधित्व नगर्ने विज्ञप्तिमा उल्लेख छ। ‘सेप्टेम्बर ८ मा गुमाएका प्रत्येक जीवनका लागि, तिमीहरुको भ्रष्टाचारले चोरी गरेको प्रत्येक सपनाका लागि, हामी ठूलो स्वरमा बोल्नेछौँ र दृढतापूर्वक खडा हुनेछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तिमीहरुले लोकतन्त्रको वाचा गर्यौ र राजवंश प्रदान गर्यौँ। तिमीहरुले शान्तिको वाचा गर्यौ र हामीलाई अधिनायकवादी शासन दियौ।

तिमीहरुले प्रत्येक क्रान्तिलाई आफ्नो अवकाश योजनामा परिणत गर्यौ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो चक्र आज समाप्त हुन्छ। अब हामी तिमीहरुलाई मतदानबाट फाल्नेछौँ।’

जेनजीले अघि सारेका अपरिवर्तनी ५ माग

  • संसदको विघटन,
  • सांसदहरुको सामूहिक राजीनामा,
  • गोली हान्न वा हिंसात्मक दमन आदेश जारी गर्ने प्रत्यक्ष रुपमा संलग्न उच्च अधिकारीहरुको तत्काल निलम्बन,
  • हामीले सिफारिस गरेको कसैको नेतृत्वमा अन्तरिम सरकार,
  • अन्तरिम सरकारअन्तर्गत चाँडै चुनाव।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS