IME Life New

फेरि थपियो कर्फ्यू, चक्रपथ क्षेत्रभित्र मंगलबार बिहान ८ः३० देखि लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैं र ललितपुरले चक्रपथ क्षेत्रभित्र मंगलबार बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यु घोषणा गरेको छ।

ललितपुर जिल्लामा मंगलबार मध्यरातसम्म कर्फ्यु अादेश कायमै रहेकोमा काठमाडाैं जिल्ला प्रशासनले बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

Esewa
Crest

सोमबार यूवा विद्यार्थीहरूको प्रदर्शनमा प्रहरी दमनपछि हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले लगाएको कर्फ्यु बिहान ५ बजेदेखि सकिएकोमा पुनः ८ः३० बजेदेखि निरन्तरता दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंका अनुसार, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गाैशाला,चाबहिल नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS