IME Life New

ललितपुरमा कर्फ्यु लाग्यो, यी वडामा भेला-जुलुसमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर उपमहानगरपालिकाका केही वडामा कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले ललितपुर उपमहानगर वडा नं. २, ४, ९, १८ र २५ भित्रका चार किला तोकी आज भदौ २४ गते बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु आज राति १२ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ।

Esewa
Crest

कर्फ्युको समयमा ती वडाका चार किलाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउन गर्न नपाउने प्रशासनले स्पष्ट पारेको छ।

जेनजीले सोमबार काठमाडौंलगायत देशका विभिन्न भागमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको थियो। प्रहरी दमनपछि आन्दोलनले उग्र रुप लिएको थियो। प्रहरीले चलाएको गोली लागेर १९ जना जेनजीले ज्यान गुमाए भने सयौँ घाइते भएर उपचाररत छन्।
जेनजीको सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर ललितपुर प्रशासन कर्फ्यु जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS