IME Life New

जेनजी आन्दोलनः गृहमन्त्री लेखक राजीनामा दिने मुडमा, पार्टीलाई दिए पदमा नबस्ने जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफू पदमा बस्न नमिल्ने जानकारी दिएका हुन्। ‘जेनजी आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति भएको छ, अब पदमा बसिराख्न अवस्था छैन, म राजीनामा दिन्छु’, बैठकमा सहभागी एक नेताले लेखकको भनाइ उद्धृत गर्दै भने, ‘मैले नैतिक जिम्मेवारी लिनैपर्छ, त्यसले म पदमा बस्दिनँ।’

Esewa
Crest

भ्रष्टाचार र बेथिती अनि सामाजिक सञ्जालमा अंकुश लगाउने कार्यविरुद्ध जेनजीले सरकारविरुद्ध आज प्रदर्शन गरेको थियो। तर, बानेश्वरको संसद भवन नजिक पुगेपछि प्रहरीसँग झपड भएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्दै सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरुमाथि रबरको गोली चलाउन आदेश जारी गरेको थियो। झडपका क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनले उग्र रुप लिएको थियो।

त्यसपछि जेनजीको आन्दोलनले काठमाडौं बाहिर पनि चर्किएको थियो। हालसम्म प्रहरीले चलाएको गोली लागेर काठमाडौंको प्रदर्शनमा सहभागी १७ जना र इहटरीको प्रदर्शनमा सहभागी २ जनाको मृत्यु भएको जानकारी बाहिर आएको छ। हालसम्म देशका विभिन्न अस्पतालमा साढे ३०० जनाभन्दा बढीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

80%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS