IME Life New

जेनजी आन्दोलनः १८ जनाको मृत्यु, ५ जनाको सनाखत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार काठमाडौं र सुनसरीको इटहरीमा गरी १८ प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका १६ जनाको काठमाडौंमा र इटहरी प्रदर्शनमा घाइते भएकाहरुको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

Esewa
Crest

हालसम्म काठमाडौंको आन्दोलनमा घाइते भएका १६ जनामध्ये ट्रमा सेन्टरमा ७ जना, एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ।

उता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरीको प्रदर्शनमा घाइते भएका २ जनाको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा भएको प्रदर्शनमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। जसमा ट्रमा सेन्टरमा मृत्यु हुने ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ र कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन्।

त्यस्तै केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु हुने सौरभ किशोर श्रेष्ठ र सुवास पोखरेल रहेका छन्।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध, भ्रष्टाचार र बेथिती लगाएको भन्दै जेनजीले आज काठमाडौंमा प्रदर्शन गरेका थिए। प्रहरी गोली चलाएपछि आन्दोलन झन चर्किएको छ। देशका विभिन्न स्थानमा जेनजीले सरकारविरुद्ध आन्दोलन चर्काएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS