काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५ अर्ब २३ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















