IME Life New

जेनजी प्रदर्शनः दुईजनाको मृत्यु, घाइतेहरुको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा भइरहेको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनका क्रममा घाइते भएका थप एकजनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या २ जना पुगेको छ।

प्रहरीको गोली लागेर घाइते भएका थप एक प्रदर्शनकारीको ट्रमा सेन्टरमा मृत्यु भएको हो। यसअघि सिभिल अस्पतालमा उपचारका क्रममा घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको थियो। मृतकहरुको पहिचान खुलिसकेको छैन।

Esewa
Crest

हाल सिभिल अस्पताल र ट्रमा सेन्टरमा करिब १०० जना घाइतेको उपचार भइरहेको छ।

जेनजीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वरलगायत विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कर्फ्यु जारी गर्दा पनि जेनजीको प्रदर्शन संसद भवन अगाडि जारी रहेको छ।

प्रदर्शन झन चर्किएपछि प्रशासनले बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको छ। प्रशासनले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नेमाथि रबरको गोली चलाउन आदेशसमेत दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS