IME Life New

नेपालमा विदेशी लगानी आकर्षित गर्न उल्लेख्य प्रगति, अझै सुधार आवश्यकः सर्वेक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको आर्थिक विकासमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)ले महत्वपूर्ण भूमिका खेलेको छ। एफडीआईले नेपालमा लगानीको खाडल पुर्न, नयाँ प्रविधि तथा व्यवस्थापकीय अभ्यास परिचय गराउन र देशलाई विश्वव्यापी मूल्य शृंखलामा एकीकृत गर्न मद्दत गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन वर्ष २०२३।२४ मा अनुकूल लगानी वातावरणलाई बढावा दिन दिगो नीतिगत प्रतिबद्धताको महत्वलाई पुनः पुष्टि गरेको निष्कर्ष निकालिएको छ। प्रतिवेदन ८६७ सक्रिय एफडीआई अनुमोदित फर्ममध्ये ५०४ वटाको नमुनाबाट लिइएका २४३ उद्यमको प्रतिक्रियामा आधारित रहेको छ। सर्वेक्षणले एफडीआई प्रवाह र शेयर दुवैमा उल्लेखनीय वृद्धि भएको देखाउँछ। कुल एफडीआई प्रवाह ६.२ प्रतिशतले बढेर ८ अर्ब ५० करोड पुगेको छ। जब कि कुल एफडीआई शेयर १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

Esewa
Crest

चुक्तापुँजी एफडीआई शेयरको सबैभन्दा ठूलो अंश बनेको छ। त्यसपछि जगेडा र ऋण रहेका छन्।

क्षेत्रगत वितरणले औद्योगिक क्षेत्र विशेषगरी जलविद्युत र उत्पादनको प्रभुत्व स्पष्ट रुपमा देखाउँछ। जब कि वित्तीय सेवा, सूचना तथा सञ्चार, आवास र खाद्य सेवाको नेतृत्वमा सेवा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख छ।

नेपालले ६० वटा अर्थतन्त्रबाट लगानी प्राप्त गरेको छ। जसमध्ये भारत, चीन, सिंगापुर, आयरल्यान्ड र दक्षिण कोरिया शीर्ष ५ स्रोत हुन्। यो विविधीकरणले अन्तर्राष्ट्रिय लगानीकर्ताको नेपालमा बढ्दो आकर्षणलाई प्रतिविम्बित गर्दछ।

सर्वेक्षणको निष्कर्षले यो पनि देखाउँछ कि उत्पादन क्षेत्रमा क्षमता उपयोग ४७.५ प्रतिशत छ र एफडीआई उद्यमहरुको समग्र नाफा १०.७ प्रतिशत छ। यसका साथै एफडीआई उद्यमको बाँकी विदेशी ऋण ५९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। जसको अधिकांश ऋण जलविद्युत उद्यमको हो।

नेपालले विदेशी लगानी आकर्षित गर्न उल्लेखनीय प्रगति गरेको भए पनि यो गतिलाई कायम राख्न व्यावसायिक वातावरण सुधार गर्न, पूर्वाधार सुधार गर्न र नियामक ढाँचाहरुलाई बलियो बनाउन निरन्तर सुधार आवश्यक पर्ने राष्ट्र बैंकको निष्कर्ष रहेको छ। यस सर्वेक्षणबाट प्राप्त अन्तर्दृष्टिले प्रमाणमा आधारित नीति निर्माण, सूचित लगानी प्रवर्द्धन र लक्षित क्षेत्रीय रणनीतिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ। ता कि विदेशी प्रत्यक्ष लगानीले नेपालको दीर्घकालीन, दिगो र समावेशी आर्थिक वृद्धिमा अझ प्रभावकारी रुपमा योगदान पुर्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS