IME Life New

साताको पहिलो दिन शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.४३ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक ०.६८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ७९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १७३ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ४ अर्ब ४० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २९ करोड ९९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २७ कोड ४६ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः २२ करोड १५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १६ करोड ५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १३ करोड १ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ३२ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ९ करोड ६८ लाख रुपैयाँ
  • राधी विद्युतः ८ करोड ७९ लाख रुपैयाँ
  • बुटवल पावरः ८ करोड २० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS