IME Life New

कम्पनीहरुलाई कडाइ गर्दै नेप्से, यस्ता सूचना र निर्णय तोकिएको समयभित्रै पठाउन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संगठित संस्था (कम्पनी)हरुलाई कडाइ गरेको छ। अब कम्पनीहरुले धितोपत्रको मूल्य वा कारोबारलाई प्रभाव पार्ने सूचना, जानकारी र निर्णय नेप्सेले तोकेको अवधिभित्र जानकारी गराउनुपर्नेछ।

नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुलाई त्रैमास सकिएको ३० दिनभित्र त्यस्ता महत्वपूर्ण वित्तीय सूचकका बारेमा जानकारी गराउन निर्देशन दिएको छ। त्यस्ता महत्वपूर्ण सूचकमा कम्पनी प्रतिशेयर आम्दानी, मूल्य आय अनुपात, प्रतिशेयर खुद सम्पत्तिको मूल्य, प्रतिशेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपातसम्बन्धी विवरणसहितको त्रैमासिक प्रतिवेदन कम्पनीहरुले नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ।

Esewa
Crest

यसैगरी धितोपत्रको दाखिला खारेज बन्द (बुक क्लोज) हुनेसम्बन्धी सूचना कम्पनीहरुले बुक क्लोजभन्द कम्तीमा ७ दिनभित्र नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ। नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासनसम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी उपलब्ध गराउनुपर्नेछ।

धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि (१०ः३० बजेभन्दा अगावै) त्यस्ता सूचना, जानकारी र निर्णय कम्पनीहरुले नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ। सूचीकृत धितोपत्रको बजारमूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस विषयको सूचना तुरुन्तै दिनुपर्ने नेप्सेले निर्देशन दिएको छ।

यस्ता जानकारी, निर्णय तथा सूचनाहरु नेप्सेले उपलब्ध गराएको नट्स लगइन (तोकिएको माध्यम)मार्फत अनिवार्य रुपमा नेप्सेमा पठाउनुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरुलाई धितोपत्र सूचीकरण विनियमावलीबमोजिम कारबाही हुने नेप्सेले स्पष्ट पारेको छ।

nots

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS