IME Life New

नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बजार सञ्चालक बनाउने मुख्य योजनाः नवनियुक्त अध्यक्ष बस्याल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा नियुक्त भएका हेमन्त बस्यालले आफ्नो मुख्य योजना नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बजार सञ्चालक बनाउने बताएका छन्।

इन्स्योरेन्स खबरसँगको कुराकानीमा नवनियुक्त अध्यक्ष बस्यालले नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बजार सञ्चालक बनाउने बताए। ‘मेरो प्रयास भनेकै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको निकाय बनाउने हो’, उनले भने।

Esewa
Crest

नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउँदा लगानीकर्ताको हितसँगै लगानी सुरक्षा हुने अध्यक्ष बस्यालको भनाइ छ। सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेको छ नि भन्ने जिज्ञासामा बस्यालले भने, ‘नेप्सेलाई प्रतिस्पर्धी बनाएपछि अर्को स्टक एक्सचेन्ज आउँदा पनि कुनै फरक पर्दैन।’

नेप्सेमा पदबहाली भएपछि गर्न बाँकी र गर्नै पर्ने नीतिगत विषयहरु प्राथमिकताका आधारमा अध्ययन गरेर अगाडि बढाउने बस्यालले बताए। ‘नेप्सेका साथीहरुबाट भरपुर सहकार्य र साथ पाउँछु भन्ने आशा छ’, उनले भने।

बस्याललाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो। करिब ४ महिनादेखि नेप्से अध्यक्षविहीन थियो।

बस्यालले अर्थ मन्त्रालयबाट नियुक्तिपत्र बुझिसकेका छन्। बस्यालले सोमबारबाट नेप्सेमा अध्यक्षको कार्यभार सम्हाल्नेछन्। बस्याल एनआएरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका पूर्वकार्यकारी अधिकृत हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS