IME Life New

‘आरबीबी फोकस-४०’ मा आवेदन दिन म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले गत भदौ १८ गतेदेखि उक्त योजनाका इकाइ बिक्री खुला गरेको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको खण्डले अब असोज १ गतेसम्म बिक्री खुला गरिनेछ।

Esewa
Crest

उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS